बागमती नदिमा आएकाे बाढी । (फाईल तस्बिर : उज्यालाे अभियान)
बरहथवा – सर्लाहीको बरहथवामा बाढीले बगाएर एक किसानको मृत्यु भएको छ ।
रौतहटको गढिमाई नगरपालिकाबाट आज बिहान बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न आएका गढिमाई नगरपालिका–२ समनपुर निवासी ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो । सर्लाही र रौतहटको सीमा भए बग्ने बागमदी नदीको समनपुर घाटमा पक्की पुल भए पनि भिषण वर्षापछि पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ ।
रायलाई खेतको काम सकेर पुलसम्म पुग्न खोज्दा सर्लाहीतर्फ बरहथवा नगरपालिका–४, मा बागमती नदीको बाढीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई बाढीले बगाइरहेको देखेपछि हजरियाले स्थानीयले उद्धार गरी सिकिस्त अवस्थामा रौतहटको समनपुरस्थित एक क्लिनिकमा पु¥याए ।
त्यहाँ उपचार हुन नसकेपछि चन्द्रनिगाहपुर अस्पताल पु¥याउँदा रायलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।