श्रीनगर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
विषालु करेत सर्पको डसाईबाट चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका छोरा वर्ष १२ का नुरसैद्द अन्सारीको मृत्यु भएको हो । नुरसैद्द श्रीनगरस्थित मामाघरमा बसेर स्थानीय मदरसामा पढ्थे ।
मामाघरमा राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका बालकलाई सुतेकै ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् । बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेका थिए ।
शनिबार राति ११ बजेतिर सर्पले डसेपछि बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइयो । उपचार केन्द्रले यहाँ भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर ग¥र्यो । जनकपुरमा उपचारकै क्रममा बालकको मृत्यु भएको श्रीनगरका स्थानीय शरदसिंह कुशवाहाले जानकारी दिए ।
नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटर र आइसियू सञ्चालन गर्न नसक्दा सर्पले टोकेपछि केही ढिलो गरी सिकिस्त अवस्थामा ल्याइएका यस्ता बिरामीको उपचार असम्भव हुने गरेको छ । बिरामीलाई यहाँबाट सुविधा सम्पन्न अस्पतालमा पठाउँदा अस्पताल पु¥याउँदासम्म मृत्यु हुने गरेको छ ।