logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज साउने चौंथो सोमबार, सर्लाहीका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल


  • उज्यालो अभियान

लालबन्दी – आज साउनको चौंथो सोमबार पनि अघिल्ला तीनवटा सोमवारहरुमा झैँ सर्लाहीका शिव मन्दिरमा दर्शनार्थीको चहलपहल छ ।

व्रतालु महिला तथा पुरुष आ–आफ्नो नजिकका शिवालयमा पुगेर पूजाआजा तथा दर्शन गरिरहेका हुन् । जिल्लाको लालबन्दीस्थित डुमडुमे मन्दिर, पत्थरकोटको जलकिनी, हरिपुरको चिताइन, हरिवनको सुखेपोखरी र कैलाशपुरी, मूर्तिया, सागरनाथ, फरहदवालगायत प्रत्येक गाउँमा रहेका शिवालयमा दर्शनार्थी पुगिरहेका छन् ।

साउने सोमबारका दिन विशेष गरी महिलाहरु व्रत बसी मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन् । यही बेला पूर्व–पश्चिम राजमार्ग तथा नवलपुर–मलंगवासहितका भित्री सडकमा बोलबमका यात्री देखा परिरहेका छन् ।

अहिले पैदल हिँड्ने भन्दा मोटरसाइकल, ट्याक्टर, जीपलगायतका गाडीमा हिँड्ने बोलबमयात्री धेरै देखिन्छन् । बागमती नगरपालिकास्थित बागमती नदीमा जल उठाउन आउनेहरु पनि उत्तिकै छन् ।

सर्लाहीबाट महोत्तरीको टुटेश्वर महादेव मन्दिर, जानकी मन्दिर जनकपुरलगायतका स्थानमा दर्शन गर्न जाने पनि उत्तिकै हुन्छन ।

यो साउनमा यहाँको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलंगवालगायतका बजारमा हरियो, पहेँलो कपडा, चुरा, पोते, मेहन्दीलगायतको व्यापार भइरहेको व्यापारीले बताएका छन् ।