प्रतिकात्मक तस्बिर ।
बरहथवा – नयाँरोड बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, सोल्टी मोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको ना १ ज २८४९ नम्वरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको ना २० प ५१७९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१, मङ्गलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको हो । शनिबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार सिरहाको मिर्चैया नगरपालिका–१, बस्ने २७ वर्षीया चन्देश्वरी महरा गम्भीर घाइते भएकी छन् । उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसँग ठोक्किएको म्याजिक र त्यसका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले उज्यालो अभियानसँग बताए ।