logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डिल्ली उप्रेतीसहित नेकपा एसका कार्यकर्ता एमालेमा प्रवेश


  • उज्यालो अभियान

हरिवन – नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेती नेता कार्यकर्ता सहित शनिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

हरिवनमा शनिबार आयोजित एक कार्यक्रम विच ३ सय भन्दा धेरै नेता कार्यकर्ता पार्टीमा आएका एमाले नेता चूडामणि वाग्लेले दावी गरे । पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेती सहितका नेता, कार्यकर्तालाई खादा र अविर लगाएर एमालेमा भित्र्याएका छन् ।

कार्यक्रममा वोल्दै उप्रेतीले एकीकृत समाजवादीको नीति र सिद्धान्त कम्युनिष्ट आन्दोलन विरोधी, कार्यकर्तालाई दिंग्भ्रमित वनाउने र गन्तव्य विहिन भएको देखिएपछि आफु सहितका साथीहरु नेकपा एमालेमा नै फर्कने निर्णयमा पुगेको बताए ।

उप्रेतीसँगै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठन र स्थानीय नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका वाग्लेले जानकारी दिए । प्रदेश कमिटी सदस्य खड्ग वहादुर उप्रेती, कृष्ण कुमार श्रेष्ठ, हुद्धराज उप्रेती, जिल्ला उपसचिव उत्तर कुमार मैनाली सहित पार्टी प्रवेश गरेका छन् ।

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य कल्पना कटुवाल एवं कमलादेवी महतो, प्रदेश उपाध्याक्ष रेबती पन्त, पुर्व नगर प्रमुख गणेश प्रसाई, जिल्ला उपाध्याक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखेका थिए । उप्रेतीको एमाले प्रवेशले हरिवन क्षेत्रका कार्यकर्ताहरु उत्साहित भएका छन ।