मलंगवा – नागरिकता वितरणका क्रममा कर्मचारीहरुले झन्झट दिएको आरोप लगाउँदै र समयमै काम हुन नसकेको भन्दै आज जिल्ला प्रशासन कार्यालय मलंगवा अगाडि राजनीतिक दलले प्रदर्शन गर्ने तयारी गरेका छन् ।
सर्लाही क्षेत्र नं. १ का निवर्तमान सांसद प्रमोद साहको नेतृत्वमा हिजो दिउँसो पनि केहीबेर सीडीओ कार्यालय अगाडि नाराबाजी भएको थियो । यहाँका विभिन्न राजनीतिक दलले गएसाँझ प्रेस विज्ञप्ती निकाली आज बिहान १० बजेपछि प्रदर्शन गर्ने भनी जानकारी गराएका छन् ।
हिजोसम्म सर्लाहीमा जन्मसिद्ध नागरिकता भएकाका ५ हजार ५ सय २५ जना सन्तानलाई वंशजको नागरिकता प्रदान गरिसकिएको छ ।