logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम धुम्म भई हपक्क गर्मी


  • उज्यालो अभियान

पानी पर्लाजस्तो भई धुम्मिएको सर्लाहीको मौसम ।

लालबन्दी – सर्लाहीको मौसम आज धुम्म भई हपक्क गर्मी भइरहेको छ ।

बेलाबेलामा हावा चलिरहे पनि गर्मी भइरहेको हो । बिहान कतैकतै पानी छिट्याएको छ ।

सर्लाहीसहित मधेशका जिल्लाहरुमा यो वर्ष बारम्बार पानी पर्लाजस्तो हुने तर वर्षा हुन नसकेर टर्ने भइरहेको छ । यहाँका किसान पर्याप्त आकाशे वर्षाको पर्खाईमा छन् । पानी नपर्दा तुलनात्मक रुपमा अघिल्ला वर्षहरुमा भन्दा गर्मी पनि धेरै रहेको स्थानीय बताउँछन् ।

यसैबीच, यसपालिको मनसुनमा अहिलेसम्म मधेस प्रदेशका धेरै ठाउँमा पानी परेको छैन । यसले गर्दा तराई मधेसका जिल्लामा सुक्खा छ । पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर भोलि शनिवार भने तराई/मधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

उनका अनुसार तराई÷मधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पहाडी जिल्लाका केही ठाउँमा भने आज पनि ठूलो वर्षाको सम्भावना छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।