logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैता बजार खुलाउन छलफल चल्दै, सीडीओसहितको टोली गोडैतामा


  • उज्यालो अभियान

गोडैता – गएको शनिबारदेखि बन्द रहेको सर्लाहीको गोडैता बजार खुलाउन प्रयास थालिएको छ ।

त्यसका लागि अहिले त्यहाँ सबै पक्षलाई राखेर छलफल चलिरहेको संचारकर्मी निरज यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीहरु स्थानीय सरोकारवाला र स्थानीय समुदायका अगुवसँग छलफल गर्न दिउँसो गोडैता बजार पुगेका हुन् ।

मोहरम पर्व मनाउनेक्रममा गत शनिबार झडप भएदेखि प्रहरीले गोडैता बजारमा रातदिन सुरक्षा पहार दिइरहेको छ । फेरि असहज स्थिति सिर्जना हुन नदिन बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएर डिउटी गरिरहेका हुन् ।

आइतबारदेखि बजार पूर्णरुपमा खुल्न सकेको छैन् । बजार खुलाउन र स्थितिलाई सामान्य पार्दै भाइचाराको अवस्था सिर्जना गर्न भन्दै जिल्लास्थित प्रमुखहरु दुवै पक्षका अगुवा र अन्य सरोकारवालासँग छलफल गर्न गोडैता बजार पुगेका हुन् ।

एक समुदायले अर्को समुदायको धर्मलाई सम्मान गर्न, सामाजिक सद्भाव कायम राख्न, एक आपसमा मेलमिलाप गरेर बस्न भन्दै सुरक्षा अधिकारीलगायतले निरन्तर अनुरोध गरिरहेका छन् ।