logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नारायणपुर स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उदघाटन


  • उज्यालो अभियान

नारायणपुर – सर्लाहीको दक्षिणी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–३, नारायणपुर स्वास्थ्य चौकीमा शनिबार जनस्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको छ ।

२४ सैं घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नारायणपुर स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव विस्पतले जानकारी दिए । ल्याबबाट दिसा, पिसाब, रगतसहित विभिन्न चेकजाँच सुविधा उपलब्ध गराइने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रयोगशालाको शनिबार दिउँसो एक कार्यक्रमका बीच मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा औपचारिक उद्घाटन गरिएको हो । आफूहरु निर्वाचित भएपछि शपथ ग्रहणका क्रममा गाउँपालिकावासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता गरे अनुसार जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष यादवले उज्यालो अभियानसँग बताए ।

प्रयोगशालाको उद्घाटन कार्यक्रममा प्रदेशस्थित मन्त्रालय, प्रयोगशाला निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र अन्य विशिष्ट व्यक्तिहरु सहभागी थिए ।