logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा चट्याङ लागेर एक जनाको मृत्यु


  • उज्यालो अभियान

बलरा – जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ ।

शनिबार दिउँसो १ः३० बजेतिर दर्के झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलकै ४५ वर्षीय अर्जुन पटेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनायो ।

चट्याङ लागेर भैँसी पनि मरेको छ । मृतक पटेलको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि सदरमुकाम मलंगवातर्फ ल्याउन प्रहरी टोली घटनास्थलतर्फ गइरहेको डीएसपी दीपेन्द्र पंजियार थारुले बताए ।