logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैतामा पानीमा डुबेर बालिकको डुबेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

गोडैता  – गोडैता नगरपालिका–१०, मा घोङ्गी टिप्न गएकी एक बालिकाको शनिबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको छ ।

बाटो बनाउनका लागि खनिएको खाल्डोमा जमेको पानीमा घोँगी खोज्न गएकी स्थानीय रामप्रवेश महतोकी छोरी १३ वर्षीया नेहा कुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनायो । घटनालगत्तै बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

बालिकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।