logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेपाल रक्त सञ्चार सेवा दिवस मनाइयो


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा हिजो (शुक्रबार) नेपाल रक्तसञ्चार सेवा दिवस मनाइएको छ ।

दिवसको अवसरमा प्रादेशिक अस्पताल मलंगवामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ जनाले मात्रै रक्तदान गरेका रेडक्रस सर्लाहीका सभापति तथा केन्द्रीय सदस्य नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए । सर्लाहीमा उत्तरी भेगमा रक्तदान कार्यक्रम आयोजना गर्दा धेरै व्यक्तिले रक्तदान गरेपनि दक्षिणी भेगमा चेतनाको कमीलगायतका कारण रक्तदान गर्नेहरु न्यून हुन्छन् ।

‘रक्तदान जिवन दान’ भन्ने नारा लेखिएको ब्यानर राखेर रक्तदान कार्यक्रम गरी रक्त सञ्चार सेवा दिवस मनाइएको रेडक्रसका सभापति चौधरीले बताए ।