logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर नगरपालिका र लुम्बिनी एकेडेमिक फाउण्डेसनबीच छात्रावृत्ति सम्झौता


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका र लुम्बिनी एकेडेमिक फाउण्डेसनबीच छात्रावृत्ति सम्झौता भएको छ ।

शुक्रबार भएको सम्झौता अनुसार फाउण्डेसनले ईश्वरपुर नगरपालिकाभित्र एसइईमा उत्कृष्ट अंक ल्याई उर्तीण हुने विद्यार्थीलाई विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्ययन गर्न चाहे छात्रावृत्तिमा पढाई दिने भएको हो । त्यसमा पनि ३ जना विद्यार्थीले पूर्ण छात्रावृत्ति अर्थात् कक्षा ११ र १२ मा पढ्दा परीक्षा शुल्क र प्रयोगात्मक शुल्क मात्रै तिरे हुन्छ । त्यस्तै, आंशिक छात्रावृत्ति अन्तर्गत ५० जना विद्यार्थीलाई ७५ प्रतिसत छुट दिने उल्लेख छ ।

छुट पश्चात एक जना विद्यार्थी बराबर वार्षिक विज्ञान संकायमा ३० हजार, व्यवस्थापन संकायमा २५ हजार र मानविकी संकायमा २० हजार रुपैयाँ लाग्ने छ । यो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट मेयर मनोजकुमार आचार्य र फाउण्डेसनको तर्फबाट प्रवन्ध निर्देशक रविन चन्द्र कोइरालाले हस्ताक्षर गरेका छन् ।