लालबन्दी – लालबन्दी साझेदारी वन व्यवस्थापन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीले शुक्रबार शपथ ग्रहण गरेका छन् ।
केही दिनअघि हरिपुरमा सम्पन्न दोस्रो साधारण सभाबाट निर्वाचित अध्यक्ष अन्जुदेवी यादवसहित १५ जना सदस्यले डिभिजन वन कार्यालय लालबन्दीमा शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई डिभिजन वन प्रमुख मन्जुर अहमदले शपथ खुवाउनु भएको निर्वाचन समितिका सदस्य रजनीकान्त झाले जानकारी दिए ।
शपथ ग्रहणपश्चात वनका नवनिर्वाचित पदाधिकारीले आजै लालबन्दीस्थित सव–डिभिजन वन कार्यालय लालबन्दीको कार्यालयमा आएर पद्बहाली गरेका छन् । वनको साधारण सभाले अध्यक्ष र अन्य सदस्य चयन गरेपनि उपाध्यक्षका दुई उम्मेदवारले बराबरी मत ल्याएपछि उपाध्यक्षको टुंगो लाग्न सकेन ।
१७ सदस्यीय कार्य समितिमा उपाध्यक्ष टुंगो लाग्न बाँकी रहेको र एक जना कर्मचारी सदस्य सचिव हुने नियम अनुसार वनले चाँडै समितिमा रहने कर्मचारीको चयन गर्ने डिभिजन वन प्रमुख आलमले बताए ।