लालबन्दी – नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमन प्याकुरेलले सर्लाहीमा मंसिरसम्ममा सम्पूर्ण जनवर्गिय संगठनको अधिवेशन सकिसक्न निर्देशन दिएका छन् ।
लालबन्दीमा भएको जनवर्गिय संगठनको जिल्ला भेलामा प्याकुरेलले यस्तो निर्देशन दिएका हुन् । उनले साउन महिनाभरी सम्पूर्ण जनवर्गिय संगठनको बैठक बसेर संगठन विस्तारको योजना बनाउन पनि भनेका एमाले सर्लाहीका उपाध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिए ।
भेलामा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, केन्द्रिय सदस्य रन्जना सरकार, मधेश प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेती, विभिन्न जनवर्गिय संगठनका जिल्ला अध्यक्षलगायत सहभगी भएका थिए ।