logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा, हरिवनलगायतका क्षेत्रमा ठूलो पानी पर्दै


  • उज्यालो अभियान

हरिवन क्षेत्रमा भइरहेको मुसलधारे वर्षा । (तस्बीर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

हरिवन – सर्लाहीको जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी भेग र हरिवन, बागमतीसहित पश्चिमी भेगमा अहिले ठूलो पानी परिरहेको छ ।

यस क्षेत्रको मौसम अचानक बदली भई मुसलधारे वर्षा भइरहेको हो । लामो प्रतिक्षापछि पर्याप्त वर्षा भइरहँदा यस क्षेत्रका किसान खुसी भएका छन् । गर्मीबाट स्थानीय वासिन्दाले राहत पाएका छन् ।

लालबन्दीसहित उत्तरी भेगको मौसम धुम्म भएपनि यस क्षेत्रमा भने पानी पर्न सकेको छैन् ।