logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा शिक्षक संगठनको जिल्ला परिषद् सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दीमा शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीको १६ औँ जिल्ला परिषद् सम्पन्न भएको छ ।

संगठनका जिल्ला उपाध्यक्ष योगनारायण धामीको अध्यक्षता तथा संगठनका मधेश प्रदेश इन्चार्ज हरिप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा जनज्योति माध्यमिक विद्यालय लालबन्दीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । जहाँ संगठनका जिल्ला सचिव पुष्पबहादुर श्रेष्ठले प्रस्तुत गरेका सांगाठानिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दीका अध्यक्ष गोविन्द प्रसाद आचार्यको स्वागत तथा उपाध्यक्ष श्यामकुमार खड्काको संचालनमा जिल्ला परिषद् सम्पन्न भएको हो ।