मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका नगर सभाको दशौँ वर्षे अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न ऐन पारित गर्दै नगरसभाको दशौँ वर्षे अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भे, राजश्व सुधार कार्य योजना, आवधिक योजना, लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति, स्वास्थ्य ऐन २०८०, सरसफाइ ऐन २०८०, नगर रक्षा तथा विपद व्यवस्थापन ऐन २०८०, आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० सहित आगामी आ व को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् समसामयिक २२ बुँदा नीतिगत विषयहरू समेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।
मेयर नागेन्द्र प्रसाद यादव, उपमेयर शकुन्तला देवी, वडाध्यक्ष, नगरसभा सदस्य, कर्मचारीलगायतको उपस्थितिमा नगरसभाको समापन गरिएको हो ।