logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुई शिक्षकको झगडाले विद्यालयमा तोडफोड


  • उज्यालो अभियान

गोडैता – विद्यालयका प्रधानाध्यापक र एक जना शिक्षकबीचको विवादले उग्ररुप लिँदा सर्लाहीको गोडैतास्थित वेणी भोला नमूना माध्यमिक विद्यालयमा मंगलबार तोडफोड भएको छ ।

परीक्षा शुल्क लिने विषयमा विद्यालयका प्रधानाध्यापक गोडैता १० बस्ने रामचन्द्र चौधरी र शिक्षक विष्णु गाउँपालिका ३ बस्ने शुभनारायण चौधरीबीच केही समयदेखि विवाद चल्दै आएको थियो ।
सोहीक्रममा मंगलबार बिहान शिक्षक शुभनारायणलाई कक्षामा पढाइरहेका बेला प्रधानाध्यापक रामचन्द्रले लाठ्ठी प्रहार गरेपछि विद्यालय परिसर केहीबेर तनावग्रस्त बन्यो ।

शिक्षकमाथि कुटपीट भएपछि विद्यार्थीले प्रधानाध्यापकमाथि आक्रमण गरेपछि स्थिति असमान्य बनेको हो । आक्रोशित विद्यार्थीले प्रधानाध्यापक चौधरीको ना ६४ प ७१४५ नम्वरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेको छ । तोडफोडबाट विद्यालयको कुर्सी, टेबललगायतका सरसामग्रीमा क्षति पुगेको छ ।

सर्लाही प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले प्रहरी टोली घटनास्थलमा पुगेर विद्यार्थीलाई सम्झाइबुझाइ गरी स्थिति नियन्त्रणमा लिएको बताए । विवाद गर्ने प्रधानाध्यापक र शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याइएको छ ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवका अनुसार झडप रोक्न भन्दै विद्यालयमा पुग्नुभएका गोडैता नगरपालिका–८, का वडाध्यक्ष मिरेन्द्रकिशोर झा अचेत भइ ढलेपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्तताल मलङ्गवा ल्याइएको छ । उनले नातेदार नै पर्ने प्रधानाध्यापक र शिक्षक मिलेर यसअघि विद्यार्थीलाई नगरपालिकामा तोडफोड गर्न ल्याउने, मलङ्गवासम्म पु¥याएर प्रदर्शन गर्न लगाउनेजस्ता अराजक गतिविधिमा संलग्न गराएको र अहिले दुई जनाबीच विवाद गरी विद्यालयको सम्पत्तिमा क्षति पु¥याएको आरोप लगाएका छन् ।