गोडैता – आज बिहान केहीबेर तनावग्रस्त बनेको सर्लाहीको गोडैतास्थित वेणीभोला नमूना माध्यमिक विद्यालयको अवस्था अहिले सामान्य बनेको छ ।
विद्यालयमा बिहान सबेरै शिक्षकबीच विवाद भई विद्यार्थी समेत प्रदर्शनमा उत्रिएपछि केहीबेर तनाव भएको थियो । त्यसक्रममा विद्यालयमा तोडफोड समेत भएको छ ।
तत्कालै प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले २ जना शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याएको छ ।
सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी दीपेन्द्र पन्जियार थारुले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई छलफलका लागि मलंगवा बोलाइएको र विद्यालयको अवस्था शान्त भइसकेको उज्यालो अभियानसँग बताए ।