logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैतामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थमै ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका–१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो । तीव्र गतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनायो ।

मृतक राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।