logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा अस्पतालमा पाठेघरको शल्यक्रिया शिविर


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा शनिबारबाट पाठेघर सम्वन्धी निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिविर आयोजना गरेको हो । पाठेघर सम्वन्धी समस्या भएका बिरामी उपचार तथा शल्यक्रियाका लागि आउन्जेलसम्म शिविर जारी रहने अस्पतालले जनाएको छ ।

शिविरको शनिबार मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह र स्वास्थ्य सचिव डाक्टर प्रमोद कुमार यादव भएर उद्घाटन गरे ।

यो शिविरबाट विशेष गरी जिल्लाको दक्षिणी भेगका पाठेघर सम्वन्धी समस्या भएका महिला प्रत्यक्ष लाभान्वित हुने प्रादेशिक अस्पताल मलंगवाका निमित्ति मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिए ।