logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा डीएसपी लामिछाने हाजिर, मिश्रको पोखरा सरुवा


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयमा नयाँ डीएसपी हाजिर भएका छन् ।

यहाँ डीएसपी लिलाराज लामिछाने नयाँ इन्चार्जको रुपमा काज सरुवा भई आएका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखामा रहनुभएका लामिछानेलाई यहाँ पठाई बरहथवाबाट डीएसपी मकेन्द्रकुमार मिश्रलाई पोखरास्थित नेपाल प्रहरीको गणमा पठाइएको छ ।

बरहथवामा डीएसपीको स्थायी दरबन्दी छैन् । प्रहरी हेडक्वार्टरले काजमा नै डीएसपी खटाउँदै आएको छ ।

एरियाको हिसाबले संवेदनशील नै मानिने इप्रका बरहथवाले बरहथवासहित बसबरिया, धनकौल र बागमती नगरपालिकाको केही वडा हेर्दै आइरहेको छ ।