logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हजरियामा बसको ठक्करबाट प्रहरी जवान गम्भीर घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा शनिबार बिहान बसको ठक्करबाट एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

गाउँको भित्री सडक हुँदै नयाँरोडतर्फ आउँदै गरेको लु १ ख ७५५३ नम्वरको बसले विपरीत दिशाबाट गइरहेको को ३५ प २०२२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीकै गोडैता नगरपालिका–१२, मधुवनीगाउँ बस्ने प्रहरी जवान गुल्सन महतो घाइते भएका हुन् । महतो मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत छन् ।

घाइते महतोलाई थप उपचारका लागि भरतपुर लगिएको छ । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।