हरिपुर – सर्लाहीको हरिपुरमा नेपाल डोरी तान संघको पहिलो पटक नगर समिति चयन गरिएको छ ।
शनिबार हरिपुर ६ लक्ष्मीपुरस्थित सार्वजनिक माध्यमिक विद्यालयमा भएको भेलाबाट तेजनारायण चौधरी अध्यक्ष रहने गरी डोरी तान संघ हरिपुरको समिति बनाइएको हो । समितिमा मनोजकुमार चौधरी उपाध्यक्ष, संजर अन्सारी सचिव, सीमा चौधरी कोषाध्यक्षसहित अन्य सदस्य रहेका छन् ।
समितिको सल्लाहकारमा रामऔतार चौधरीलाई चयन गरिएको छ । नेपाल डोरी तान संघ सर्लाहीका अध्यक्ष राजु पञ्जियारको अध्यक्षता तथा संघकी केन्द्रिय सदस्य अन्जना पन्त कडरियाको प्रमुख आतिथ्यतामा आयोजित भेलामा संघको मधेश प्रदेश अध्यक्ष प्रभुनारायण शिवकोटी (श्याम) र हरिपुरका खेलप्रेमीलगायत सहभागी भएका थिए ।
हरिपुर, हरिवन, परवानिपुरलगायतका स्थानमा डोरी तान्ने प्रतियोगिता आयोजना गरिसकेको यस संघले जिल्लामा पहिलो पटक पालिका स्तरमा समिति बनाएको हो ।