logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मधेश प्रदेशका डीआईजी भट्टराईले गरे जिल्ला प्रहरीको निरीक्षण


  • उज्यालो अभियान

फाइल तस्बिर ।

मलंगवा – मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् ।

उनले दिउँसो मलंगवा आई यहाँको शान्ति, सुरक्षाको अवस्थाबारे जानकारी लिएर फर्किएका हुन् । त्यसक्रममा निमित्त जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी तथा मातहतका प्रहरी चौकीका इन्चार्जहरुबाट बिफ्रिङ लिए ।

प्रदेश प्रहरी प्रमुख भट्टराईले प्रहरी इन्चार्जहरुलाई संगठनको मर्यादा र नीति अनुसार चल्न निर्देशन दिए । यहाँको खुल्ला सीमाबाट हुने भन्सार छली, चोरी तस्करी नियन्त्रणमा लाग्न युनिट इन्चार्जहरुलाई उनले निर्देशन दिएका सर्लाही प्रहरीले जनायो ।

प्रहरीका काम, कारवाही र समग्र जिल्लाको शान्ति, सुरक्षाको अवस्थाबारे निमित्त जिल्ला प्रहरी प्रमुख दिपेन्द्र पन्जियार थारुले डीआईजी भट्टराईलाई बिफ्रिङ गरेका छन् ।