logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी नगर वाङ्मय परिषदद्वारा वार्षिक कार्य प्रतिवेदन पेस


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगर वाङ्मय परिषद्ले बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई वार्षिक कार्य प्रगति प्रतिवेदन पेस गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० मा वाङ्मय परिषद्ले सम्पन्न गरेका सम्पूर्ण कामको वार्षिक प्रतिवेदन परिषद्का अध्यक्ष अच्यूत अधिकारीसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत लुइँटेललाई बुझाएको हो । उक्त प्रतिवेदन बुझ्दै प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले भाषा, साहित्य, कला, सँस्कृतिको संरक्षण, सम्वद्र्धनमा लालबन्दी नगर वाङ्मय परिषद्ले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरेका छन् ।

प्रतिवेदन बुझाउन वाङ्मय परिषद्का सचिव सुमन घिमिरे (अग्रिम), कोषाध्यक्ष विवश पौडेल, सदस्य टीकाराम श्रेष्ठलगायत नगरपालिका कार्यालयमा पुगेका थिए । लालबन्दी नगर वाङ्मय परिषद् ऐन, २०७७ अनुसार गठन भएको परिषद्ले भाषा र साहित्यका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसले साहित्यका क्षेत्रमा सरकारी साहित्यिक संस्थाको रुपमा काम गर्ने गरेको छ ।