बरहथवा – सर्लाहीको बरहथवा ८ टाँडीको मुसहर वस्तीका मुसहर महिलालाई मंगलबार साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ ।
मुसहर समुदायलाई पशुपालनमार्फत आयआर्जन गरेर जिविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले पशु वितरण गरेको संंस्थाका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए । मुसहर समुदायमा सामुहिक रुपमा पशुपालनका लागी साप नेपालले ३ लाख रकम सहयोग गरेको कार्कीले बताए ।
समुदायमा १५ वटा बंगुर, १५ वटा बाख्रा र २५ लोकल कुखुरा बितरण गरिएको हो । उक्त पशुपाल्नको लागी खोर बनाउन समेत आर्थिक सहयोग गरिएको संस्थाले जनायो ।
बिगतमा मुसहर समुदाय चरम आर्थिक अभाव, गरिवी तथा गाँस, वाँस, कपास जस्ता आधारभुत आवश्यकता पुरा नहुदा विहान वेलुकाको छाक टार्न सिङ्गो परिवार नै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका थिए । यसरी परिवारका सदस्यहरु जिल्ला बाहिर ईटा भट्टामा काम गर्न जाने भएकाले उनिहरुका बालबालिकाहरु शिक्षा र चेतनामा पछाडी परेका थिए । तर समुहमा बसेपछि १२५ जना मुसहर बालबालिकाहरुलाई जन्म दर्ता गरेर संस्थाकै पहलमा बिद्यालय भर्ना गराएका गराइएको छ ।
पहिले नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र बिद्यालय भर्ना अभियान चलाउदै आएको छ । भट्टाको काम सुरु भएपछि सुनसान र चकमन्न रहने टाँडीको मुसहर बस्तिमा अहिले भने चहलपहल बढेको छ ।
बाख्रा, बंगुर र कुखुरा पालेर मुसहर महिलाहरु गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकालाई विद्यालयमा पठाउन थालेका छन । साँगुरो बस्तीमा धेरै मानिस बसोबास गर्ने भएकाले बस्नको लागी आफ्नै घर जग्गा नभएको हँुदा बाख्रा, बंगुर पाल्न समस्या भएको समूहकी सचिव सन्झाबती माझीले बताईन् । खोर नभएको कारण चाहेर पनि बंगुर पाल्न नसकेको उनले गुनासो गरिन् ।
कार्यक्रममा बोल्दै बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले एकीकृत बस्ती बसाएर सामूहिक रुपमा आयआर्जन गर्न मुसहर समुदायलाई अन्य स्थानमा लैजान सकिने बताईन् । उनले आगामी बर्षमा अव्यवस्थित बसोवासीलाई जग्गा दिलाउने प्रतिवद्धता समेत जनाईन् ।
बरहथवा नगरपालिकाका उपमेयर रामवावु शाहले नजिकैमा रहेको ऐलानी जग्गा भए सो जग्गा दिने नभए जग्गा भाडामा लिएर बंगुरको खोर बनाएर दिने वचन दिए । वडा नं ८ का वडा अध्यक्ष राजकिशोर महतोले मुसहर समुदायलाई आय आर्जनका लागी वडाले २० जनालाई बाख्रा बितरण गर्ने बताए ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालित लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बरहथवामा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यलाई समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहुविवाह बिरुद्ध सचेतना कार्यक्रम संचालन गरिदँै आएको छ ।
यसका साथै संस्थाले स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धमा अनुसिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको छ ।