logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लायन्स क्लब लालबन्दी सेन्चुरीको अध्यक्षमा राउत


  • उज्यालो अभियान

लालबन्दी – लायन्स क्लब लालबन्दी सेन्चुरीको अध्यक्षमा मोहन राउत सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न भेलाले राउतको नेतृत्वमा सेन्चुरी क्लबको ९ सदस्यीय कार्य समिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा सन्तोष आचार्य, सचिवमा विश्वकृष्ण थापा, कोषाध्यक्षमा रमेशकुमार खड्कासहित सदस्यहरुमा राजेश सिंह, सुदर्शन आचार्य, सुनिल कार्की, राकेश साह र नागेन्द्र साह रहेका छन् ।

लायन्स क्लब लालबन्दी सेन्चुरीका निवर्तमान अध्यक्ष सुशील दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा गोपाल पन्जियार, प्रशान्त आचार्य, दीपेन्द्रकुमार बलम्पाकी, कल्याण जोशी, गोपाल श्रेष्ठ, शाकार शर्मा, दीपेन्द्र अधिकारी, राजकुमार न्यौपाने, निर्मल आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

यो क्लबले शनिबार नैै हरिपुरस्थित इन्द्रावती प्राथमिक विद्यालयमा विभिन्न जातका २०० विरुवा रोपिएका क्लबका नवनिर्वाचित अध्यक्ष राउतले जानकारी दिए ।