logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा मुटुरोगका बिरामीलाई २ दिने निःशुल्क शिविर सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा आयोजित २ दिने निःशुल्क शिविर शनिबार सम्पन्न भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्र सर्लाही शाखाको आयोजनामा लालबन्दी ९ स्थित नगर अस्पतालको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मुटुका बिरामीका लागि २ दिने निःशुल्क शिविर सम्पन्न गरिएको हो । शिविरमा शनिबार १९३ जनाको चेकजाँच तथा उपचार गरिएको आयोजक संस्थाका अध्यक्ष बाबुकाजी नुच्छे प्रधानले जानकारी दिए ।

उनका अनुसार शिविरको पहिलो दिन शुक्रबार १०० जनालाई सेवा प्रदान गरिएको थियो । शिविरमा डा. राजेश साह र डा. जितेन्द्र मिश्राले बिरामीको मुटुको परीक्षण गरेका आयोजक नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्र सर्लाही शाखाले जनायो ।