logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा मोटरसाइकल र साइकल ठोक्किए, एकको मृत्यु, एक घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सदरमुकाम मलंगवा नगपालिका–४, सर्लाही क्याम्पस अगाडि शुक्रबार साँझ मोटरसाइकल र साइकल ठोक्ँिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । अन्दाजी ३० वर्षको जस्तो देखिने मोटरसाइकल चालकको नाम, ठेगाना खुल्न सकेको छैन् ।

दुर्घटनामा गम्भीर घाइते साइकल यात्री चक्रघट्टा गाउँपालिका ८ बस्ने ३६ वर्षीय ममताज अन्सारीलाई मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनायो ।

साँझ सबा ५ बजेतिर बीआर ३० एच ४२४१ नम्वरको मोटरसाइकल र साइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखी परिचय खुलाउन प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी दीपेन्द्र पंजियार थारुले बताए ।