logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बदली भई हल्का वर्षा, गर्मीबाट राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीको मौसम आज बदली भई घाम्मधुम्म हुने र सिमसिम पानी पर्ने क्रम चलिरहेको छ ।

यस क्षेत्रमा हिजो अस्ती सामान्य रुपमा हावाहुरी चले पनि पानी पर्न सकेको थिएन् । तर आज भने बिहानैदेखि मौसममा परिवर्तन आई पानी छिट्याउने र रोक्किने क्रम चलिरहेको हो ।

मौसममा आएको बदलीसँगै जिल्लामा आज बिजुली बत्ती आउनेजाने भइरहेको छ । ग्रामीण भेगका कतिपय स्थानमा रातिदेखि नै बत्ती छैन् । आज सामान्य वर्षा भएर चिसो हावा चल्दा गर्मीबाट आजित भइरहेका यस भेगका नागरिकले केही राहत महसुस गरेका छन् ।

यहाँका किसान अब ठूलो पानी परे धान रोपाइँ सुरु गर्ने तयारीमा छन् । आज असार १५ भइसक्दा जिल्लामा नहर तथा कूलोको पानी लाग्ने एक÷दुई ठाउँमा मात्रै रोपाइँ सुरु भएको छ । अब ठूलो आकाशे झरी भइदिए अधिकांश किसानले रोपाइँको तयारी गरिरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् । लखन्देही, बाँके, फूलजोर, कालिन्जोरजस्ता खोला मध्य असारमा पनि सुक्खा छन् ।

जेठको खडेरीका कारण दोहोर्याएर धानको ब्याड राखेका किसानको ब्याड भने रोप्ने बेला हुँदैछ । यो वर्ष भलबाढी बग्ने गरी धेरैबेर पानी पर्नै सकेको छैन् । एक÷दुई पटक परेको ठूलो पानी र अहिलेको जस्तो स्यार्रसुर्र पानीमै किसानले मकै, उखुलगायतका बालीनाली गोडमेड गरी मलखाद गरेका छन् ।

यो पानीले ती बालीनाली विस्तारै हरियो फिरेर हुर्किन थालेका छन् । यस्तै, मौसममा आएको बदलीसँगै आम मानिसमा ज्वरो, टाइफाइड, रुघाखोकी, पखाला, अपजजस्ता स्वास्थ्य समस्या देखिएकाले खानपानमा विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।