logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चोरी नियन्त्रण हुन नसकेको भन्दै गोडैतामा व्यापारीको प्रदर्शन


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता बजारका व्यापारीले श्रृङ्खलावद्ध रुपमा चोरीका घटना बढेपनि प्रहरीले भरपर्दो सुरक्षा प्रदान गर्न नसकेको भन्दै मंगलबार प्रदर्शन गरेका छन् ।

उनीहरुले हुलाकी सडकस्थित गोडैताको मुख्य बजारमा टायर बालेर प्रदर्शन गरेका हुन् । सोमबार राति मात्रै गोडैता नगरपालिका ८ स्थित बजारमा रहेको सन्जित ठाकुरले संचालन गरेको मोवाइल पसलमा चोरी भएको थियो ।

गोडैता बजारमा लगातारजसो चोरीका घटना भइरहेका तर सुरक्षा व्यवस्था अत्यन्त फितलो रहेको स्थानीय व्यापारी गुनासो गर्छन् । गोडैतामा जनप्रतिनिधिलगायतले इन्स्पेक्टरको कमाण्डमा इलाका प्रहरी कार्यालय माग गर्दै आइरहेका छन् ।

प्रहरी चौकीमा रहेका ५÷७ जना प्रहरीले भूगोल असाध्य ठूलो रहेको नगरपालिकाभित्र शान्ति, सुरक्षा दिन नसकिरहेको गुनासो आउने गरेको छ ।