logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दी १३ मा रास्वपाको वडा समिति चयन


  • उज्यालो अभियान

पत्थरकोट – लालबन्दी १३ पत्थरकोटमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समिति गठन गरेको छ ।

रवीलाल श्रेष्ठ सभापति रहने गरी रास्वपाको पत्थरकोटमा ११ सदस्यीय वडा समिति चयन गरिएको हो । समितिको उपसभापतिमा सम्झना स्याङतान, सचिवमा सुरज ब्लोनलगायत अन्य सदस्यहरु रहेका छन् ।

पार्टीका नगरसभापति बालकृष्ण कार्कीको अध्यक्षता तथा क्षेत्रीय सदस्य गोविन्द ढुंगेलको प्रमुख आतिथ्यतामा भएको वडा भेलामा लालबन्दी १२ का वडा सभापति सरोज तिमल्सिना, सचिव केदार मैनाली, लालबन्दी १५ का वडा सदस्य गणेश बुढाथोकी, वडा नं. १२ का वडा सदस्य श्याम राउत लागयतको उपस्थिति थियो ।