हरिवन – नेकपा एमालेले मधेश प्रदेशवाट आगामी निर्वाचनमा प्रतिनिधि सभाका वहुमत सदस्य जित्ने र प्रदेश सभामा आफुहरु कै सरकार वन्ने दावी गरेको छ ।
हालै मात्र पार्टीका मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएका नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले यस्तो दावी गरेका हुन् । पार्टीे जिल्ला कमिटीले हरिवनमा आयोजना गरेको कार्य योजना निर्माण सुझाव संकलन वैठकमा वोल्दै भट्टराईले नेकपा एमालेले मात्र मधेशको समग्र विकास र यहाँका जनताको हितमा काम गर्ने धारणा राखे ।
भट्टराईले एमालेमा मात्र उत्कृष्ट पार्टी, उच्च तहको विचार र जिम्मेवार नेतृत्व रहेको बताए । उनले गठवन्धन दल तर्फ लक्ष्य गर्दै देशमा अरु पनि पार्टी रहेका तर उनीहरुसँग देश वनाउने योजना नभएको तर्क गरेका छन् ।
आफुहरुले शान्तिपुर्ण राजनीतिमा नल्याएको भए यति वेला प्रचण्डहरु पेरुमा जस्तै सिद्धिने भट्टराईको तर्फ थियो ।
पाटी अध्यक्ष राज नारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा २३ वटा जनवर्गीय संगठनका प्रतिनिधिले कार्ययोजना निर्माणवारे सुझाव दिएका एमाले क्षेत्रिय संयोजक चूडामणि वाग्लेले जानकारी दिए ।
कार्यक्रममा सर्लाही स्थित पार्टीका केन्द्रीय एवं प्रदेश सदस्य, जनवर्गीय संगठन र जिल्ला पदाधिकारी लगायतको सहभागिता थियो ।
सर्लाही जिल्ला इन्चार्ज एवं पोलिट्व्युरो सदस्य ज्वाला कुमारी साहले सर्लाहीमा एमालेको संगठन प्रदेश भरीकै राम्रो वनाउने दावी गरिन् । केन्द्रीय सदस्य कमलादेवी महतो एवं रंजना सरकार, प्रदेश उपाध्याक्ष रेबती पन्त, पुर्व मन्त्री हरि उप्रेती, पार्टी नेताहरु गणेश प्रसाई, विदुर प्याकुरेल, अन्जना शिवाकोटी लगायतले कार्यक्रममा धारणा राखेका थिए ।