logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुसहर अगुवा महिलालाई सहकारी तालिम प्रदान


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा मुसहर महिला सशक्तीकरण मन्चका अगुवाहरुलाई बचत तथा ऋण सहकारी संस्था संचालन एवं व्यवस्थापन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।

अन्डेफको आर्थिक सहयोग तथा साउथ एसिया पाटर्नरशिप नेपाल (साप–नेपाल) को आयोजनामा पालिकाका १० वटा मुसहर महिला पशुपालन समूहका मुसहर अगुवा महिलाहरुलाई २ दिने तालिम दिइएको हो । साप नेपालले बिगत २ बर्ष देखि मुसहर महिला सशक्तिकरण मन्च गठन गरि मासिक बचत गराउँदै आएको छ ।

मुसहर महिलाहरूलाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउन सहकारी दर्ता गर्न लाएिकाले अगुवाहरुलाई तालिम दिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । उनका अनुसार तालिमको सोमवार समापन गरिएको हो ।

सहकारीको माध्यमबाट स्थानीय सरकारले क्षमता विकास र आयआर्जनका लागि सहयोग तथा अनुदान रकम दिने भएकोले सहकारीको आवश्यक रहेको कार्कीले जानकारी दिए । मुसहर समुदायका महिलालाई रकम आवश्यक पर्दा गाँउमा महाजनसंग ४८ देखि ६० प्रतिसत व्याजमा ऋण लिनु पर्ने बाध्यता रहेको छ ।

सहकारी संचालनमा आएपछि १५ प्रतिशत व्याजदरमा ऋण लिन पाउने र महाजनबाट समेत मुक्ति पाउने भएकाले सहकारी दर्ता गर्न लागेको मुसहर महिला सशक्तीकरण संजाल हरिपुरकी अध्यक्ष लक्ष्मी पासवानले बताए । कार्यक्रममा हरिपुर नगरपालिका सहकारी शाखाका प्रमुख रुपेश रायले सहकारी गठन, दर्ता, संचालन प्रक्रिया लगायतकाबारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा साप नेपालका जनक कार्की, मनोज पासवान र हरिपुर महिला उद्यमी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थावक मन्जु चौधरीले सहजिकरण गरेका थिए ।