पीडित पुनित पासवान ।
चन्द्रनगर – चन्द्रनगर गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्थानीय एक दलित अगूवामाथि कुटपिट गरेकाे आराेप लगाईएकाे छ ।
जातीय विभेद तथा छुवाछूत अनुगमन समिति चन्द्रनगरका संयाेजक उमेश माझीले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय दलित अगूवा पुनित पासवानमाथि निर्घात कुटपिट भएकाे आराेप लगाएका हुन् । संचारकर्मीहरुलाई सम्बाेधन गर्दै जारी विज्ञप्तिकाे राष्ट्रिय दलित आयोग, सम्पूर्ण दलित सांसदहरु, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बाेधार्थ गरिएकाे छ ।
´चन्द्रनगर-६, नारिमन ताल छेउ गाउँपालिका कार्यालय वडा अध्यक्ष, कार्यपालिका सदस्य र कार्यपालिका सदस्यको श्रीमान मिलेर दलितलाई कुटपिट गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।` विज्ञप्तिमा आराेप लगाईएकाे छ, ´सर्लाही, चन्द्रनगर गाउँपालिका वडा नंं ६ नाढीमन तालमा अवस्थित गाउँपालिकाको कार्यालय अगाडी रहेको छतौनको रुख निर शारीरिक रुपले मजबुत रहेका कार्यपालिका सदस्य रविन्द्र सिहं, मोलाजिम मंसुर (कार्यापालिका सदस्यको श्रीमान) र वडा अध्यक्ष मिलेर सानो जात ठानी दलित पुनित पासवानलाई कुटपिट गरी मुखबाट रगत ल्याई ज्यान नै मार्ने धम्की दिएको अभिव्यक्ति प्रति हामी घोर विरोध गर्दछौ ।`
वडा अध्यक्ष राजिव सिहंसित उपभोक्ता समितिमा दलित समुदायलाई पनि राख्नुपर्ने भनी श्याम माझीले कुरा गरिरहदाँ मोलाजिम मंसुरले पुनित पासवानलाई मोवाईल रेर्कड गरी चारै तिर कुरा लगाउने गरेको भन्दै आराेप लगाएकाे र पुनितले आफुले कुनै रेर्कड नगरेको अन्यथा मोवाईल चेक गर्नु भन्दा मोलाजिमले एक्कासी मार भनेकाे र कार्यपालिका सदस्य रविन्द्र सिहं लगायतले हातपात गरेकाे विज्ञप्तिमा आराेप लगाईएकाे छ । वडाध्यक्ष राजिव सिंह, वडा नं. ६ का वडाध्यक्ष राम स्वरुप राउत, वडा नं. ५ का वडाध्यक्ष सुवंश राय समेतलाई समेत कुटपिटमा संलग्न भएकाे आराेप लगाईएकाे छ । गापा उपाध्यक्ष गीतादेवी पासवान लगायतले पुनित माथि मार्ने धम्की समेत दिएकाे विज्ञप्तिमा आराेप लगाईएकाे छ ।
यता वडाध्यक्ष सुवंश राय, कार्यपालिका सदस्य रविन्द्र सिंह लगायतले भने आफूहरु माथि गाउँपालिका अध्यक्ष राजकुमार महताेकाे लहैलहैमा लागेर निराधार आराेप लगाईएकाे दाबी गरेका छन् । ´हामीहरु कुरा गरेर बसिरहेकाे ठाउँमा माेटरसाईकलमा आएका पुनितले ओर्लिएर एक्कासी विभिन्न आराेप लगाउँदै गालिगलाैज गर्न थाले, अनि सामान्य वादविवाद भएकाे हाे`, वडाध्यक्ष सुवंशले उज्यालाे अभियानसँग भने, ´हामी बाहिरकाे मान्छे, उनि(पुनित) काे गाउँमा गएर कहाँ उनी माथि नै कुटपिट गर्न सक्छाैं र ?`
पुनितलाई गापा अध्यक्ष महताेले नारिमन तालमा दैनिक ज्यालादारीमा काम लगाएकाे तर काम गर्न छाडेर पुनित अध्यक्ष महताेकाे पक्षमा लाग्ने र अन्य वडाध्यक्षकाे विरुद्दमा माेबाईल रेकर्ड गर्ने, तथानाम गालिगलाैज एवं अनावश्यक आराेपप्रत्याराेपमा लाग्ने गरेकाे समेत वडाध्यक्ष सुवंश रायले आराेप लगाए ।
यता गापा अध्यक्ष राजकुमार महताे भने उपभाेक्ता समितिमा दलित प्रतिनिधित्वकाे आवाज उठाउँदा उल्टै जनप्रतिनिधिबाट दलित समुदायमाथि कुटपिट हुनु साह्रै दुःखद् कुरा भएकाे बताउँछन् । उनले पीडितलाई न्याए तथा दाेषिमाथि कानूनी कार्बाहीकाे माग समेत गरे ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले चन्द्रनगरमा दलितमाथि कुटपिट भएकाे भन्ने कुरा आएकाे र एकिन के भएकाे हाे भन्ने कुरा विस्तृतमा बुझ्ने काम भईरहेकाे जानकारी दिए ।