logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

३ महिनापछि खुल्यो हरिपूर्वा नपाको तालाबन्दी


  • उज्यालो अभियान

हरिपूर्वा – जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकामा ८८ दिनअघि गरिएको तालाबन्दी आइतबारबाट बल्ल खुलेको छ ।

नगरप्रमुख विनोद साह तेलीले मनोमानी गरेको भन्दै गठन गरिएको सङ्र्घष समितिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको थियो । दुबै पक्षबीच आइतबार भएको वार्तामा पाँच बुँदे सहमतिपछि ताला खुलेको हो ।

वार्तामा सङ्घर्ष समितिले राखेको नौ बुँदे माग दुबै पक्षले स्वीकार्ने, ती मागको अध्ययन गर्न कार्यदल बनाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने, कार्यदलबाट प्राप्त प्रतिवेदन दुवैपक्षले स्वीकार गरी कार्यान्वयनमा लैजाने लगायतका सहमति भएका छन् । सहमतिपछि सोही क्षेत्रका प्रदेशसभा सदस्य जङ्गिलाल राय, अर्का प्रदेशसभा सदस्य कौशल किशोर राय, नगरप्रमुख विनोद साह तेली तथा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतको उपस्थितिमा सङ्घर्ष समितिका संयोजक बिकाउ रायले ताला खोलुका हुन् ।

। सङ्घर्ष समितिले गएको चैत १५ गते नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि हरिपुर्वाको विकास निर्माणका सबै काम ठप्प भएका थिए ।

कर्मचारीको तलब निकासा बाहेकको काम रोकिएको थियो । तालाबन्दीका कारण नगरपालिकामा आएको ससर्त अनुदानको करिब ३४ करोड रुपियाँ रकम फिर्ता हुने अवस्थामा पुगेको छ ।
तालाबन्दीकै कारण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत आउन नमान्ने अवस्था थियो । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत मिश्र पनि हाजिर नगरी फर्कने तयारीमा रहेका थिए ।

आइतबारबाट ताला खुलेपछि उनले हाजिर गरेर कार्यभार सम्हालेका नगरपालिका कार्यालयले जनाएको छ ।