logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीको नगरसभा प्रारम्भ, अन्यमा भोली


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको १० औँ नगर सभा शनिबारबाट प्रारम्भ भएको छ ।

नगरसभाको दशौं अधिवेशन अर्थात् आर्थिक वर्ष २०८०/०८१ को बजेट अधिवेशन प्रारम्भ भएको हो । लालबन्दी नगरपालिका–१० चन्द्रपुरस्थित वडा कार्यालय परिसरमा नगर सभाको उद्घाटन भएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

उपमेयर कल्पनामाया पाख्रिनको अनुरोधमा मेयर बासुदेव अधिकारीले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । वडाध्यक्ष थापाका अनुसार शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने आइतबार बजेटसहितको कार्यक्रम प्रस्तुत हुने छ ।

नगर सभाको आजै बसेको दोस्रो बैठकले नीति तथा कार्यक्रम पारित समेत गरिसकेको छ । नीति तथा कार्यक्रममा सडक सञ्जालको निर्माण, चुरेक्षेत्रका नदी नियन्त्रण, चुरेक्षेत्रमा वृक्षारोपण तथा संरक्षण गरी चुरेलाई अमूल्य सम्पदाको रुपमा विकास, सतप्रतिसत नागरिकमा विद्युत्, खानेपानी, आधारभूत पूर्वाधारको प्रवन्धलगायतलाई प्राथमिकता दिइएको छ ।

जिल्लाका अन्य अधिकांश स्थानीय तहले पनि आइतबार गाउँ तथा नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याउने तयारी गरेका छन् ।