logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा आन्दोलित हुलाक कर्मचारीको प्रदर्शन


  • उज्यालो अभियान

मलंगवा – सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेपछि आन्दोलित बनेका सर्लाहीका हुलाक कर्मचारीले बिहीबार सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् ।

सरकारले बजेट भाषणमार्फत नयाँ आर्थिक वर्ष अर्थात् आगामी साउन १ गतेदेखि देशभरकै अतिरिक्त हुलाक कार्यालय बन्द गर्ने घोषणा गरेको छ । सर्लाहीमा ७९ वटा अतिरिक्त हुलाक कार्यालयमा २३२ जना कर्मचारी कार्यरत छन् ।

सरकारले कार्यालय खारेज गर्ने घोषणा गरेपछि वर्षौदेखि सेवा प्रदान गर्दै आइरहेका आफूहरु कामकाजविहीन हुने भएको भन्दै कर्मचारीले चरणवद्ध आन्दोलन गर्दै आइरहेका छन् । सोहीक्रममा नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष विजय यादवको नेतृत्वमा बिहीबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरिएको हो ।

नगरपरिक्रमा गर्दै सुरु भएको ¥याली जिल्ला हुलाक कार्यालय अगाडि आएर कोण सभामा परिणत भई समापन गरिएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला सचिव तथा केन्द्रीय सदस्य शेखर खड्काले जानकारी दिए ।