logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवस मनायो


  • उज्यालो अभियान

लालबन्दी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारa आफ्नो स्थापना दिवसको अवसरमा बिहान लालबन्दीमा र्याली निकालेको छ ।

लालबन्दी ७ स्थित पार्टी कार्यालयबाट वार्षिक उत्सवका अवसरमा नेता कार्यकर्ता सहभागी भई र्याली निकालेका हुन् । पार्टीको लालबन्दी नगर अध्यक्ष बालकृष्ण कार्कीको नेतृत्वमा निकालिएको र्याली जनवादी चोकहुँदै जनज्योति क्याम्पस बस्तीपुरसम्म पुगेर पुनः पार्टी कार्यालयमा आई कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई पार्टीका नगर अध्यक्ष कार्कीलगायतका नेताहरुले सम्वोधन गर्नुभएको छ । एक वर्षअघि रवी लामिछानेको नेतृत्वमा दर्ता भएको यो नयाँ पार्टीले सर्लाहीमा संगठन विस्तार अभियानलाई धमाधम अघि बढाइरहेको छ ।

त्यसक्रममा लालबन्दी र इश्वरपुर नगरपालिकामा एक महिनाअघि नगर समिति गठन भएको थियो ।