कौडेना – जिल्लाको कौडेना गाउँपालिकाले बुधबार १० औँ गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३२ करोड ३३ लाख ७७ हजार ६०० रुपैयाा बराबरको बजेट सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको बजेटमध्ये पुजिगत खर्चतर्फ १० करोड ७६ लाख र चालू खर्चतर्फ २२ करोड ५७ लाख ७७ हजार ६०० रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रुपेश कुमारको अध्यक्षता तथा प्रदेशसभा सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा गाउँ सभाको उद्घाटन गरिएको हो ।
गाउँसभामा उपाध्यक्ष नगिना देवी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो । जिल्लामा अन्य स्थानीय तह पनि असार १० गतेभित्र बजेट ल्याउने तयारीमा छन् ।
चक्रघट्टा गाउँपालिकाले गएको आइतबार नै बजेट ल्याइसकेको छ भने चन्द्रन्गर गाउँपालिका र हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधि बीचमै विवाद छ ।