logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीको जानकी माविमा कचहरी नाटक प्रदर्शन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, स्थित जानकी माध्यमिक विद्यालयमा आज कचहरी नाटक प्रदर्शन गरिएको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत दृश्य सादृष्यसँगको सहकार्यमा पोषण सम्वन्धी जनचेतनामूलक कचहरी नाटक देखाइएको हो । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा प्रदर्शन गरिएको नाटकको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, बहुक्षेत्रीय पोषण कार्यक्रमका संयोजक गोपाल बराइली, विद्यालयका प्रधानाध्यापक मिनकुमार पौडेलगायतले अवलोकन गरे । विद्यालयका विद्यार्थीहरुलाई पोषणयुक्त खानेकुराबारे सचेतना प्रदान गर्न नगरपालिका कार्यालयले दृश्य सादृश्य नामक संस्थासँग समन्वय गरी नाटक देखाएको हो ।

नाटकमा काठमाडौंबाट आएका कलाकार शालिक भण्डारी र सरस्वती अधिकारीको अतिरिक्त स्थानीय किशोर किशोरीहरु आश्रय दाहाल, कविता घिमिरे, अश्रु दाहाल, विनोद अधिकारी, निरोज श्रेष्ठ, वुद्धबहादुर विश्वकर्मा, अभिषेक साहलगायतले कलाकारको भूमिका निर्वाह गरे ।

यस्तै नाटक भोली जनज्योति मावि र नवजीवन मावि तथा पर्सी फौदसिंह मावि र डिम जनता माविमा समेत देखाइने नगरपालिकाले जनायो ।