logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा आगलागीबाट ३ घर जल्यो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१४, शहीदपुरमा आगलागीबाट तीन वटा घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका स्थानीय सुरेन्द्र महतो, चुनचुन राउत र विजुली राउतको घर आगलागीमा परेर नष्ट भएको हो ।

आगलागीबाट सुरेन्द्र महतोको इँटाले बनेको खपडाको छानो भएको दुई तले घर, घरभित्रका सरसामग्री र दुई वटा बाख्रा जलेका छन् । उनको मात्रै १३ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यस्तै, चुनचुन राउतको बाँसको टाटीले बेरिएको घर, घरभित्रका सरसामग्री र दुईवटा बाख्रा जल्दा चार लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै, आगलागीबाट विजुली राउतको घर, घरभित्रका सरसामग्री, तीनवटा बाख्रा र अन्य समान जलेर नष्ट हुँदा पाँच लाख रुपियाा बराबरको क्षति भएको बुझिएको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र सदरमुकाम मलङ्गवा नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । अग्नी पीडित परिवारलाई आज सरसफाई अभियान बरहथवाले केही राहत सामग्री प्रदान गरेको छ ।