logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम पानी पर्ला जस्तो भई धुम्म, आकाशमा पानी पार्ने बादल


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम पानी पर्लाजस्तो भई बिहानैदेखि धुम्म भएको छ ।

यहाँको आकाशमा आज पानी पार्ने बादल समेत देखिन्छ । यो वर्ष पर्याप्त पानी पर्न नसकेका कारण किसान पर्याप्त वर्षाको प्रतिक्षामा छन् ।

मौसमविद्ले यो वर्षको मनसुन तीनदिन अघिदेखि नै सक्रिय भएको बताए पनि सर्लाहीमा भने पानी पर्नेक्रम झन ठप्प भएको छ । जसका कारण गर्मी बढेको छ । तर, आज भने बिहानैदेखि चिसो हावा चलेर मौसम धाम्मधुम्म भएकाले गर्मी केही कम भएको छ ।

पर्याप्त पानी पर्दिए धानको बीउ उम्रिने, सुक्न लागेको मकै, उखु, हरिया तरकारी लगायतका बालीनाली हुर्किएर आउने आश किसानले गरेका छन् । अहिले चर्को गर्मीकै मौसममा जिल्लाभर छिनछिनमै विद्युत् गइरहने समस्याले स्थानीयवासी हैरान छन् ।

पानी पर्न रोकिएपछि यहाँको भित्री कच्ची सडकमा असाध्य धुलो उड्दा हिँडडुलमै समस्या भएको गुनासो स्थानीयले गरेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।