logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन ९ को नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र उदघाटन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, को नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज (बुधबार) औपचारिक उद्घाटन गरिएको छ ।

वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य सेवा केन्द्रको पूर्वमन्त्री तथा सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीले उद्घाटन गरेका हुन् । भाडाको घरबाट संचालन भइरहेको वडा कार्यालय अब आफ्नै भवनबाट संचालन हुन थालेको छ ।

हरिवन ९ का वडाध्यक्ष कोकिलानन्द उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, पूर्व प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।