logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कामदमा ६० परिवार मुसहरलाई झुल वितरण


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदमा मंगलबार ६० घर मुसहर परिवारलाई एक–एक वटा झुल वितरण गरिएको छ ।

तराईको अत्यन्त पिछडिएको दलित बर्गमा पर्ने मुसहर परिवारलाई सेवा नेपाल नामक संस्थाले झुल उपलब्ध गराएको हो । मुसहर महिला सशक्तीकरण सन्जाल चन्द्रनगरले समन्वय गरेर एउटा परिवारलाई यो लामखुट्टे धेरै लाग्ने याममा एउटा झुल भएपनि होस् भन्ने उद्देश्यले कार्यक्रम गरेको हो ।

मुसहर महिला सशक्तीकरण सन्जाल चन्द्रनगरकी अध्यक्ष शिवकली देवीको अध्यक्षतामा आयोजित कार्यक्रममा दातृ निकायका प्रतिनिधि, सेवा नेपालका अमृत चौधरी, राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष ऋतुराज ऋषि लगायतको उपस्थिति रहेको थियो ।