logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सदरमुकाम मलंगवामा स्व. मिना पाण्डेको श्रद्धान्जली सभा सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आइतबार नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मिना पाण्डेको श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

कांग्रेस जिल्ला कार्य समितिले मलंगवास्थित पार्टी कार्यालयमा बिहान श्रद्धान्जली सभा सम्पन्न गरेको हो । सर्लाहीको कर्मैयामा पुरानो घरभई हाल काठमाडौंस्थित गौशालामा रहेको घरमा बस्दै आएकी पाण्डेको जेठ १६ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

महिला आन्दोलनकी अगुवाका रुपमा चिनिने पाण्डे लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भई राजनीतिमा निष्क्रिय थिईन् । जिल्लाबाट ३ पटक सांसद बनेकी पाण्डेले यहाँको राजनीतिमा पुर्याएकी योगदानको उच्च मूल्यांकन गर्दै कांग्रेस सर्लाहीले श्रद्धान्जली सभा आयोजना गरेको हो ।

जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सदस्य जंगिलाल राय, पूर्व जिल्ला सभापति नागेन्द्र कुमार, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, विभिन्न पालिकाका प्रमुख र पार्टीका अन्य नेता कार्यकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा स्वर्गिय नेतृ पाण्डेको तस्बिरमा माल्र्यापण गरी वक्ताहरुबाट उनले राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा भएको कार्यक्रम संचालक तथा कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए ।