लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले विद्यालयमा गर्मी बिदा थप गरेको छ ।
नगरपालिकाले आज सूचना जारी गर्दै गर्मी बिदा जेठ ३२ गतेसम्मका लागि लम्ब्याएको हो । केही दिनदेखि बढ्दै गइरहेको अत्यधिक गर्मीका कारण विभिन्न विद्यालयमा विद्यार्थी बेहोस हुने लगायतका बिरामी पर्न लागेको र गर्मी मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असर र अभिभावकको मागलाई मध्यनजर गर्दै आगामी वर्षे बिदाबाट कट्टा हुने गरी जेठ २३ गतेदेखि २६ गते आजसम्म गर्मी बिदा थप गरिएकोमा फेरि सूचना जारी गरी ३२ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय भएको शिक्षा शाखाकी प्रमुख लक्ष्मी सिवाकोटीले बताईन् ।
लालबन्दी नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु ३२ गतेसम्म बन्द रहने सूचनामा उल्लेख छ ।