logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगरमा मिना पाण्डेको बेग्लाबेग्लै श्रद्धान्जली सभा


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगरमा मंगलबार पूर्व महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मिना पाण्डेको सम्झनामा कांग्रेसको दुई गुटले बेग्लाबेग्लै शोक सभा तथा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रनगर गाउँपालिका–३, बडकुर्वामा कांग्रेस वडा समितिको आयोजना तथा कांग्रेस नेता महेन्द्र साहको सहयोगमा शोक सभा गरिएको हो । वडा समितिका सभापति भिखारी महतोको अध्यक्षता तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर १ का पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, महाधिवेशन प्रतिनिधि रामबाबु साह, नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य महेन्द्र राम, नेपाली कांग्रेसका नेता देवनारायण महतोलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, कांग्रेसको संस्थापन इतर पक्षले मंगलबार नै चन्द्रनगरमा बेग्लै कार्यक्रम गरी पूर्वमन्त्री पाण्डेको सम्झना गरेको छ । कांग्रेस प्रदेश कार्य समिति क्षेत्र नं. (क) ले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, संविधान सभा सदस्य रामचन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।